नेपाल समूहनिकट एमाले नेता आचार्य भन्छन्, ‘एकता जोगाउन दोस्रो पुस्तालाई नेतृत्व देउ’
काठमाडौं। माधव नेपाल समूहनिकट नेता भीम आचार्यले पार्टी एकतालाई जोगाउन अध्यक्ष केपी शर्मा ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेब गौतम र अमृत बोहोराले पदत्याग गरी दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन्। आज सामाजिक सञ्जालमा लेख्दै नेता आचार्यले भने,“सबै गुटगट निर्णयहरु खारेज गरी अविभावकत्व ग्रहण गर्न नेताहरुलाई अनुरोध गर्छु।” नेताहरुले अहंकार,घमण्ड,महत्वकांक्षा,इर्ष्या त्यागी पार्टीलाई सामूहिक नेतृत्व र विधिमा चलाउनुपर्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस्