बजेटका सबै कार्यक्रम लागू गर्न अनेरास्ववियुको दबाब काठमाडौं। अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आगामी आर्थिक वर्षको बजेटमा राखिएको सबै शिक्षासम्बन्धी कार्यक्रम लागू गर्न दबाब दिएको छ। आज उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर अनेरास्ववियुले दबाब दिएको हो। अनेरास्ववियुले शैक्षिक प्रमाणपत्र धितो राखी २५ लाखसम्म ऋण र कक्षा ५ सम्मका सबै विद्यार्थीलाई दिवाखाजा कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन ध्यानाकर्षणपत्र बुझाएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्