आजका लागि संवैधानिक इजलासको पेसी तोकियो काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अस्वस्थ भएपछि स्थगित रहेको संवैधानिक इजलास आज बस्ने तय भएको छ। आइतबार प्रधानन्यायाधीशले दोस्रो पटक प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सनुवाइका लागि इजलास गठन गरेका थिए। इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्द मोहन भट्टराई रहेका छन्। आइतबारको इजलासमा सरकारी पक्षले इजलासमा बसेका न्यायाधीशहरुमाथि प्रश्न उठाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्