स्वास्थ प्रतिष्ठानहरुको स्वायत्ततामा अतिक्रमण नगर्न कांग्रेसको चेतावनी
काठमाडौं। नेपाली कांग्रेसले क्यान्सर संस्थानको नाममा स्थापित स्वास्थ्य प्रतिष्ठानहरुको स्वायत्ततामा अतिक्रमण नगर्न सरकारलाई चेतावनी दिएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै ३ वटा स्थापित क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्न सरकार लागेको बताएका छन्। सरकारले बजेटमा भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संस्थान मातहतमा ल्याउने उल्लेख गरेको थियो।
प्रतिक्रिया दिनुहोस्