कांग्रेसले माग्यो मुख्यमन्त्री राईको राजीनामा काठमाडौं। कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश–१ को मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर बाटो खुल्ला गर्नुपर्ने माग गरेका छन्। आजको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक कार्कीले प्रदेशको नामाकरण गर्न नसक्ने,कोभिडबाट पीडित जनतालाई राहत र उद्दारको व्यवस्था गर्न नसक्ने र जालझेल गरिरहने मुख्यमन्त्रीले राजीनामा दिनु पर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्