मुख्यमन्त्री राउत मन्त्रालय फुटाउन तयार, विपक्षी भन्छन्– सहमति भएकै छैन काठमाडौं। मन्त्रालय फुटाएर भए पनि प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा समेट्न खोजेका छन्। मंगलबार साँझ प्रदेश–२ को मन्त्रिपरिषद बैठकले मन्त्रालय टुक्र्याउने निर्णय गरिसकेको छ। तर, विपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रसँग भने सरकारमा सहभागी हुनेबारे सहमति बनिसकेको छैन। कांग्रेसका प्रदेशसभा सदस्यले भने,“सरकारमा जानेबारे अहिलेसम्म कुनै सहमति भएको छैन, यद्यपि छलफल भइरहेको छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्