शंकर पोखरेलको दाबीः असंसदीय तरिकाबाट जुटाइएको बहुमत स्वतः बदर हुन्छ काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले असंसदीय तरिकाबाट जुटाइएको बहुमत स्वतः बदर हुने दाबी गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा बहस चलिरहेका बेला मुख्यमन्त्री पोखरेलले यस्तो दाबी गरेका हुन्। अधिवक्ताहरुप्रति व्यंग्य गर्दै उनले फेसबुकमा लेखेका छन्,“संसदीय प्रणालीमा असंसदीय तरिकाबाट जुटाइएको बहुमत स्वतः बदरभागी हुन्छ भन्ने कुरा कानुनका विद्यार्थीलाई थाहा हुनुपर्ने हो।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्