‘चुच्चे नक्सा’ नभएका पुस्तक बजारबाट जफत गरिने, प्रकाशक र वितरकलाई हदैसम्मको कार्वाही काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्रि गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन्। केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्रि गरेको जानकारी पाएपछि उनले सो निर्देशन दिएका हुन्। पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको आज सम्पन्न ८८ औं बैठकमा मन्त्री श्रेष्ठले त्यस्ता पुस्तक प्रकाशक र बिक्रेता कार्वाही गर्न निर्देशन दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्