इङ्ल्यान्डविरुद्धको खेल पाकिस्तानमा लाइभ नहुने
एजेन्सी। इङ्ल्यान्ड र पाकिस्तानबीच जुलाईमा हुने एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको प्रत्यक्ष प्रसारण पाकिस्तानमा नहुने भएको छ। पाकिस्तानका सुचना तथा सञ्चारमन्त्री फवाद चौधरीले मंगलबार पाकिस्तानमा प्रत्यक्ष प्रसारण नहुने खुलासा गरेका हुन्। दक्षिण एसियामा खेलको ‘ब्रोडकास्टिङ राइट’ भारतीय कम्पनीसँग भएको र उक्त कम्पनीले पाकिस्तानमा प्रत्यक्ष प्रसारण नगर्ने भएको हो। पाकिस्तानले इङ्ल्यान्डविरुद्ध तीन एकदिवसीय र तीन ट्वान्टी–२० क्रिकेट खेल्नेछ।
प्रतिक्रिया दिनुहोस्