प्रदेशसभा बैठकमा सत्ता र प्रतिपक्ष सांसदबीच जुहारी
विराटनगर। प्रदेश १ मा प्रदेशसभा बैठकमा सत्ता र प्रतिपक्ष सांसदहरु जुहारी चलेको छ। सत्ता पक्ष संसदहरुले प्रदेश सरकारले ल्याएको बजेटका सिद्धान्त र प्राथमिकताले प्रदेशमा कोभिडसँग लड्न र आर्थिक विकास टेवा पुग्ने दाबी गरे। त्यस्तै विपक्षी गठबन्धनका संसदहरुले चुनावमुखी बजेट भएको, कार्यान्वयन नहुने योजना रहेको,गएको बर्षकै कपीपेष्ट योजना रहेको र संघीयता विरोधी क्षेत्रमा बजेटका प्राथमिकता रहेको बताए।
प्रतिक्रिया दिनुहोस्