सभामुखद्वारा शुक्रबारका लागि सर्वदलीय बैठकको आह्वान
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बोलाएका छन्। शुक्रबार दिनको २ वजे नयाँ बनेश्वरस्थित लोत्से हलमा बैठक बस्ने तय भएको हो। सभामुख सापकोटाले बैठकमा सहभागिताका लागि दलका नेता तथा पूर्व प्रधानमन्त्रीहरुलाई निमन्त्रणा पठाएका हुन्। बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ। दोस्रोपटक प्रतिनिधिसभा विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन्।
प्रतिक्रिया दिनुहोस्