मन्त्री आङबुहाङले भने, ‘कृषि, पर्यटन, सडक, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा पर्याप्त योजना र कार्यक्रम छ’
विराटनगर। प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले कोभिड–१९ बाट प्रभावितहरुलाई राहत र उद्दारसँगै रोजगारी सिर्जना गर्ने योजनालाई प्राथमिकतामा रहेको बताएका छन्। प्रदेशसभा बैठकमा सरकारको बजेटको सिद्धन्त र प्राथमिकताको विषयमा सांसदहरुले उठाएका विषयमा जवाफ दिँदै मन्त्री आङबुहाङले कृषि, पर्यटन, सडक, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा पर्याप्त योजना र कार्यक्रम रहेको बताए।
प्रतिक्रिया दिनुहोस्