प्रदेश १ को बजेट अधिवेशन भोलि अपरान्ह ३ बजेसम्मका लागि स्थगित विराटनगर। प्रदेश १ को बजेट अधिवेशनको चौथो बैठक भोलि अपरान्ह ३ बजेसम्मको लागि स्थगित भएको छ। आज प्रदेश सरकारको बजेटका सिद्धान्त र कार्यक्रमको विषयमा सांसदहरुले बोल्ने र आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले जवाफ दिने कार्य सकिएको छ। भोलिको बस्ने बैठकमा बजेटका सिद्धान्त र कार्यक्रममा छुटेका विषय थप गरेर प्रदेश प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्