एमाले नेता रावलले दिए सुदूरपश्चिम प्रदेशका मन्त्री दीर्घ सोडारीविरुद्ध प्रहरी जाहेरी
सुर्खेत। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको छ।नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले मन्त्री सोडारीविरुद्ध हातपात र दुर्व्यवहार गरेको भन्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए।मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने निर्देशनसहितको पत्र बुझाउन मन्त्रालयमा गएको बेला कार्यकक्षभित्र मन्त्री सोडारीले हातपात गरेको सचिव रावलको आरोप छ।
प्रतिक्रिया दिनुहोस्