प्रदेश सरकारलाई खोप खरीदको लागि अनुमति दिनुपर्छ : मन्त्री राई
काठमाडौं। प्रदेश १ सरकारकी सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशलाई खोप खरीदका लागि अनुमति दिन आग्रह गरेकी छन्।संघीय सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नुपर्ने र गर्न नसके प्रदेशलाई खरीदको अनुमति दिन उनले आग्रह गरिन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले भनिन्,“कोरोना संक्रमण नियन्त्रणका लागि खोप नै महत्वपूर्ण रहेकाले संघीय सरकारले प्रबन्ध गर्न नसक्ने भए प्रदेशलाई खरिदको अनुमति होस्।”रासस
प्रतिक्रिया दिनुहोस्