सुदूरपश्चिम प्रदेशमा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ।आगामी आर्थिक वर्ष ०७८/७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ। आज अपरान्ह ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले कार्यक्रम पेस गर्ने कार्यसूची छ। बजेट ल्याउनुभन्दा १५ दिन अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने कानूनी व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस्