प्रदेश–१ को प्रदेशसभा बैठक दिउँसो बस्दै
काठमाडौं। प्रदेश–१ को बजेट अधिवेशनको चौथो बैठक आज अपरान्ह ३ बजे बस्दैछ। प्रदेश सरकारको बजेटका सिद्धान्त र कार्यक्रमको विषयमा सांसदहरुले बोल्ने र आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले जवाफ दिएका छन्। आज बस्ने बैठकमा बजेटका सिद्धान्त र कार्यक्रममा छुटेका विषय थप गर्ने र प्रदेश प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए।
प्रतिक्रिया दिनुहोस्