गण्डकीमा मुख्यमन्त्रीको पद संकटमा, दीपक मनाङेले विपक्षीलाई साथ दिने संकेत
काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संकटमा परेका छन्। आज प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री गुरुङले विश्वासको मत लिन लागेका हुन्। गण्डकीका मन्त्री समेत रहेका दीपक मनाङेले विपक्षीलाई साथ दिनसक्ने संकेत गरेका छन्। यद्यपि यसबारे भने मनाङेले स्पष्ट पारेका छैनन्। फोन सम्पर्कमा पनि नभएको मुख्यमन्त्री निकट सचिवालयले देखापढीलाई जानकारी दिएको छ। गण्डकी प्रदेशमा माधवकुमार नेपाल पक्षका एक जना प्रदेश सांसद छन्।
प्रतिक्रिया दिनुहोस्