कृष्ण थापाको थमौतिविरुद्धको मुद्दा चुडाल र प्रधानको इजलासमा
काठमाडौं। गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टी गरेको कारबाही थमौती गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको पुनरावलोकन निवेदन (भ्याकेट) न्यायाधीश कुमार चुडाल र सपना प्रधान मल्लको इजलासमा तोकिएको छ। मंगलबार न्यायाधीश चुडालको एकल इजलासले सांसद थापालाई पदमुक्त गर्ने प्रदेशसभाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो। सो मुद्दामा राष्ट्रिय जनमोर्चाले पुनरावलोकन निवेदन दर्ता गराएको थियो।
प्रतिक्रिया दिनुहोस्