गण्डकी प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्रीले विश्वासको मत लिँदै पोखरा। गण्डकी प्रदेशसभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची छ। गुरुङले लिने विश्वासको मतमाथि छलफलसहित आजै मतदान हुनेछ। ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सदस्य आवश्यक पर्छ। प्रदेशसभाको ठूलो दलको हैसियतमा वैशाख २९ गते गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका थिए। एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्