अन्तको हावा गण्डकीमा पनि चल्नैपर्छ भन्ने छैनः अधिकारी
पोखरा। नेकपा एमालेका गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारीले अरु प्रदेशमा सरकार पुनर्गठन भयो भन्दैमा गण्डकीमा पनि हुनैपर्छ भन्ने नभएको बताएका छन्। प्रदेशसभााको बैठकमा उनले केही गुनासो भएपनि सरकारको ठूलो आलोचना गर्नुपर्ने विषय नदेखेको बताए। “अरु प्रदेशमा सरकार पुनर्गठन भयो भनेर यहाँ नि गर्नैपर्छ भन्ने छैन। निषेध, आग्रह पूर्वाग्रहको राजनीति छाडेनाैं भने दुर्घटनातिर जान्छ’, उनले भने।
प्रतिक्रिया दिनुहोस्