गण्डकी प्रदेशसभामा जसपा नेताको कटाक्ष–सरकारले राजनीतिक नैतिकता गुमायो
पोखरा।गण्डकी प्रदेश जसपाका नेता हरिशरण आचार्यले मुख्यमन्त्री गुरुङले सरकारको नेतृत्व गर्ने राजनीतिक आधार समाप्त पारेको बताएका छन्।प्रदेशसभा बैठकमा उनले प्रश्न गरे,“निर्वाचन घोषणा पत्रमा लेखिएका र प्रतिबद्धता गरेको,विधि विधान र पद्धति कुल्चदै लोकतन्त्रको हुर्मत लिदै २/२ पटक कानुन र संविधान कुल्चिएर, च्यातेर शासन गर्न खोजिन्छ र त्यसलाई ठीक भनेर हिँडिरहेको साथीलाई कसरी विश्वास गर्ने?’उनले प्रतिवाद गर्ने आधार देखाउन समेत चुनौति दिए।
प्रतिक्रिया दिनुहोस्