सांसद पियारी थापाको प्रश्न–सरकारको सफलता के हो?
काठमाडौं।राष्ट्रिय जनमोर्चाकी गण्डकी प्रदेशसभा सदस्य पियारी थापाले केहि बाटो र पुल बन्यो भन्दैमा सरकार सफल भएको मान्न नसकिने बताएकी छन्।प्रदेशसभाको बैठकमा बोल्दै उनले सरकारले नेतृत्व गरेको साढे ३ वर्षमा कति प्रतिशत जनताले रोजगारी पाए,प्रदेश कति आत्ममनिर्भर भयो,आयात प्रतिस्थापन गर्न सरकार कति सक्षम भयो,नियमित बाहेक कुन-कुन क्षेत्रमा राजश्व वृद्धि भयो यस्ता तथ्यले सरकार सफल वा असफल भएको मापन गर्ने उनले बताईन्।
प्रतिक्रिया दिनुहोस्