सडक, सदन हुँदै सरकार निर्माणको तयारीमा छौं : चुमान
पोखरा। माओवादी केन्द्रका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानले मुख्यमन्त्री, मन्त्री भन्दापनि राजनीतिक मुद्दा मुख्य कुरा भएको उल्लेख गरेका छन्। प्रदेशसभाको बैठकमा उनले यसलाई जोगाउनका लागि गठबन्धन तयार भएको उल्लेख गरे। “हामी सडक सदन हुँदै सरकार निर्माणको तयारीमा रहेको छ। संसद विघटनमै जानुपर्दैन। जे जस्तो गर्न सकिन्छ गरौं’, उनले भने। चुमानले पार्टीले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए।
प्रतिक्रिया दिनुहोस्