प्रदेश संसदीय दलका नेता पोखरेल भन्छन्-संविधानको व्याख्या आफू अनुकुल गरियो पोखरा। नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री गुरुङले आफूलाई पर्दा एउटा व्याख्या र अर्कोलाई पर्दा अर्को ब्याख्या गरेर संविधानलाई मिच्ने काम गरेको बताए । प्रदेशसभा बैठकमा पोखरेलले भने "लोकतन्त्रलाई रटान मात्र दिने हैन, अवलम्बन गर्नु पर्छ। संवैधानिक व्यवस्थालाई मानिएन भने त्यो खोस्टो हुन्छ।" बजेट ल्याउने समयमा विश्‍वासको मत लिने नियत ठीक नभएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्