केन्द्रीयताको धङधङी अझै पनि गएन : मुख्यमन्त्री गुरुङ
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्रीयताको धङधङी अझै पनि नगएको बतााएका छन्। प्रदेशसभामा उठेको प्रश्नको उत्तर दिदै विश्वासको मत मुख्यमन्त्रीले नलिइ केन्द्रका प्रधानमन्त्रीले लिएजसरी छलफल भएको बताए।पार्टीको अनुशासनभन्दा पनि गुटको भनाइ मान्ने परिपार्टी बढ्दै गएको उनले बताए। कुनै नेताको विरोध गरे भनेर खुशी नहुन आग्रह गर्दै उनले भने, "तानातान,हानाहान र विग्रहको यो अवस्थाका सम्बन्धमा गम्भिर भएर सोच्न आवश्यक छ।"
प्रतिक्रिया दिनुहोस्