गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत
पोखरा। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत गुमाएका छन्। प्रदेशसभाको बैठकमा गुरुङले मागेको विश्वासको मतको पक्षमा २७ मत मात्र परेको हो। उनको विपक्षमा ३० मत परेपछि सभामुख नेत्रनाथ अधिकारीले गुरुङ नेतृत्वको सरकारले विश्वासको प्रदेशसभाबाट गुमाएको घोषणा गरे। उपस्थित ५८ जना उपस्थित रहेका थिए। १ जनाले तटस्थमा मत हालेका थिए।
प्रतिक्रिया दिनुहोस्