महिलामाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न अनेमसंघको माग काठमाडौं। अनेमसंघले साना बालिकादेखि विभिन्न उमेर समूहका महिलाहरु दुरुत्साहन,बलात्कार र हत्यासमेतका जघन्य घटनाबाट पीडित भइरहेकाले दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सरकारसँग माग गरेको छ। अनेमसंघकी सहसंयोजक थममाया थापाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै राउटे युवतीलाई गरिएको यौन दुर्ब्यवहारलगायतका महिला हिंसाका विभिन्न घटनाहरु शहर र ग्रामिण क्षेत्रमा सार्वजनिक भइरहेकाले ती घट्नाका दोषीलाई तत्काल कारबाही गर्न माग गरेकी छिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्