जिल्ला अस्पतालको लागि बजेट दिन संघीयमन्त्रीको प्रदेश मुख्यमन्त्रीलाई पत्र
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पाँचथर जिल्ला अस्पताललाई १०० शैय्याको अस्पतालमा स्तरोन्नति गर्न प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई आग्रह गरेका छन्। मुख्यमन्त्री राईलाई पत्र पठाउँदै मन्त्री नेम्वाङले पाँचथरसहित तेह्रथुम, ताप्लेजुङ र इलामका सर्वसाधारणले सेवा लिने सो अस्पतालको स्तरोन्नतिका आगामी आर्थिक वर्ष २०७८/०८९ को नीति, कार्यक्रम तथा बजेटमार्फत व्यवस्था गर्न आग्रह गरे।रासस
प्रतिक्रिया दिनुहोस्