फ्लोर क्रस गर्ने कर्णालीका सांसदलाई पद वहाली गर्न सर्वोच्चको आदेश
काठमाडौं। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत हालेपछि पद गुमाएका कर्णाली प्रदेशका ४ जना एमाले संसदलाई सर्वोच्च अदालतले पुनर्वहाली गरेको छ। आज सर्वोच्च अदालतका न्यायाधीस प्रकाशमान सिंह राउतको इजालसले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेको हो। एमालेको संसदीय दलको सिफारिसमा सांसद पद गुमाएका प्रकाश ज्वाला, कुर्मराज शाही,नन्दसिं बुढा र अगमबहादुर थापाको पदवहाली भएको हो।
प्रतिक्रिया दिनुहोस्