यसकारण पुर्नबहाली भयो फ्लोर क्रस गर्ने चार सांसदको पद
काठमाडौं। सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेपछि उक्त सांसदहरुको पद जोगिएको हो।अन्तरिम आदेशमा भनिएको छ,"प्रदेशसभा सदस्य र कर्णाली प्रदेश संसदीय दलको सदस्य पद समेतबाट निष्कासन गर्दा नेकपा एमालेको केन्द्रीय समितिबाट निर्णय भएको नदेखिएकाले प्राकृतिक न्यायको सिद्धान्त र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२(२)(३) को भावनाको प्रतिकुल देखिएको हुँदा पद बहाली भएको हो।"
प्रतिक्रिया दिनुहोस्