सभामुखले आह्वान गरेको सर्वदलीय बैठक बस्दै, प्रधानमन्त्री नजाने
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठक आज बस्दैछ। आज दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक बस्न लागेको हो। बैठकमा प्रतिनिधिसभा विघटनपछि उत्पन्न भएको राजीनीतिक अवस्थाबारे छलफल हुनेछ। बैठकमा पूर्वप्रधानमन्त्री र सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ। सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्नत्रणा पठाए पनि उपस्थित नहुने भएका छन्।
प्रतिक्रिया दिनुहोस्