अदालतको पछि लागेर एमाले एकता हुँदैन : विष्णु रिजाल काठमाडौं।एमाले नेता विष्णु रिजालले कानुनी बाटोबाट एमालेको समस्या समाधान नहुने बताएका छन्।सामाजिक सञ्जालमा उनले लेखेका छन्,"एमालेभित्रको राजनीतिक समस्याको निकास राजनीतिक रुपमा खोज्नुपर्छ।निकास खोज्न जति ढिलो हुन्छ,थप पराजय,बेइज्जत भोग्नुबाहेक अरु विकल्प के छ र? अदालतले कानुन पढ्छ,हाम्रो जनमत पढ्दैन,वकिलको तर्क हेर्छ,हाम्रो भविष्य हेर्दैन।'' उनले बाटो बिराएमा यात्रा सुरु गरेको ठाउँमै फर्किनुपर्ने भन्दै एकताका लागि जेठ २ नै प्रस्थानविन्दु भएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्