विवेकशील साझाले भन्यो– चिकित्सा शिक्षामा खेलाँची नगर
काठमाडौं। विवेकशील साझा पार्टीले चिकित्सका शिक्षा ऐनलाई कुल्चेर निजी मेडिकल कलेजलाई सम्बधन दिन लागेकोप्रति आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षामा खेलाँची गर्न नहुने प्रष्ट पारेका छन्। आज बस्ने चिकित्सा शिक्षा आयोगको बैठकले विधि र प्रक्रियाअनुसार निर्णय गर्नुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराउँदै विज्ञ पदाधिकारीलाई पेलेर अवैध निर्णय नगराउन चेतावनी दिएको छ।
प्रतिक्रिया दिनुहोस्