गण्डकीमा नयाँ सरकार बनाउनेमा विपक्षी दल ढुक्क
काठमाडौं।गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङको मुख्यमन्त्री पद गुमेसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ।नयाँ मुख्यमन्त्रीको रुपमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गर्ने विपक्षी दलको तयारी छ। प्रदेश प्रमुख सीताकुमारी पौडेलले सरकार गठनका लागि आह्वान गरेपछि बहुमत सदस्य उपस्थित भएर सरकारको लागि दाबी गर्ने नेताहरुले बताएका छन्। दिपक मनाङे पनि विपक्षी गठबन्धनमा सामेल भएपछि विपक्षी दलसँग स्पष्ट बहुमत पुगेको छ।
प्रतिक्रिया दिनुहोस्