सूर्य थापा भन्छन्– एकै माघले जाडाे जाँदैन
काठमाडौं। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक माघले जाडाे नजाने टिप्पणी गरेका छन्। बिहीबार कर्णाली प्रदेशका चार संसद पुनःबहाली गरेकाेप्रति टिप्पणी गर्दै उनले लेखेका छन्,"राज्यप्रणालीले न्यायालयलाई स्वतन्त्र,निष्पक्ष र तटस्थ भूमिकामा स्थापित गरेकाे छ। अदालतकाे फैसला त्यसैअनुरूप हुनुपर्छ। पक्षका वकिलकाे छनाेटमा इजलास बन्ने,चाहेजस्तो फैसलालाई क्याबात् भन्ने र प्रतिकूल हुँदा रन्थनिदै हाेस नै गुमाउने व्यवहार गलत हाे। एकै माघले जाडाे त जाँदैन।"
प्रतिक्रिया दिनुहोस्