प्रदेश सरकारको खेलकुद नीति– एक पालिका एक खेल मैदान
काठमाडौं। प्रदेश–१ सरकारले 'एक पालिका एक खेल मैदान निर्माण' गर्ने भएको छ। आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा स्थानीय तहसँग साझेदारीमा खेलमैदान निर्माण गरिने विषय समेटिएको छ। त्यस्तै मुख्यमन्त्री कप तथा राष्ट्रिय लिग फुटबल प्रतियोगिता, स्काईवाक, साहसिक पर्यटकीय खेलहरुलाई समेत प्राथमिकतामा राखी आवश्यक पूर्वाधार निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्