ढुङ्गेसाँघु, सहिदभूमि छिन्ताङ र सुखानीलाई नमुना गाउँ बनाउने
काठमाडौं। प्रदेश–१ सरकारले ढुङ्गेसाँघु, सहिदभूमि छिन्ताङ र सुखानीलाई नमुना गाउँ बनाउने भएको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रममा वीर शहीद एवं ऐतिहासिक भूमिलाई नमुना गाउँ बनाउन विस्तृत परियोजना प्रतिवेदनको आधारमा बजेट व्यवस्था गर्ने उल्लेख छ। ती गाउँमा प्राविधिक शिक्षासहितका कार्यक्रम शहीदहरुको प्रेरणादायी स्मृति केन्द्र र राजनेता पार्क निर्माण गरिने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्