कृषिको विकासमा "मेरो कृषि, मेरो पौरख" अभियान
काठमाडौं।कृषि क्षेत्रको विकासको लागि प्रदेश सरकारले "मेरो कृषि, मेरो पौरख"अभियान सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा बाँझो जमीन राख्न नपाइने नीतिका साथ सबै जमीनहरुलाई कृषि उत्पादनमा प्रयोग गर्ने योजना रहेको छ। चैते धान,हाइब्रिड मकै,लसुन,प्याज उत्पादक किसानलाई उत्पादनमा आधारित अनुदान दिने र स्थानीय तहसँगको लागत सहभागितामा सिंचाई, कृषि बजार तथा कृषि उपज भण्डारण पूर्वाधार विकास गरिनेछ।
प्रतिक्रिया दिनुहोस्