प्रदेश १ सरकारले १६ वटा पर्यटकीय गन्तव्यमा लगानी गर्ने काठमाडौं।आगामी आर्थिक वर्षमा प्रदेश–१ सरकारले १६ वटा पर्यटकीय गन्तव्यमा लगानी गर्ने भएको छ।भेडेटार,कन्याम,अन्तु,तिनजुरे मिल्के जलजले,टेम्के,केचना,वेतना,पातालेलगायतका पर्यटकीय क्षेत्रमा लगानी गर्ने भएको हो।त्यस्तै सगरमाथा, मकालु र कन्चनजंघा हिमालको आधारशिविरसम्म जाने बाटो निर्माण गर्ने योजना समेत रहेको छ।प्रदेश–१ का १४ वटै जिल्लाका प्रमुख एवं.मुख्य पर्यटन गन्तव्यस्थलको पर्यटन गुरुयोजना तयार गर्ने,धार्मिक सर्किट,हिमाली दृश्यावलोकन सर्किट,सांस्कृतिक अवलोकन मार्ग,इको-ट्रेल तथा जलयात्रा क्षेत्रको विकास गर्ने सरकारको योजना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्