संसदको छलफलमा मुख्यमन्त्री अनुपस्थित भएपछि विपक्षी सांसदको आक्रोश विराटनगर। प्रदेश–१ सरकारको नीति तथा कार्यक्रमको छलफलमा मु्ख्यमन्त्री शेरधन राई अनुपस्थित भएपछि विपक्षी सांसदले बैठकमा आक्रोश पोखेका छन्। नीति तथा कार्यक्रमको विषयमा मुख्यमन्त्रीले छलफलमा सहभागी हुनुपर्नेमा संसदलाई अवज्ञा गरेर गैरजिम्मेवारी देखाएको सांसद शेखरचन्द्र थापाले बताए। संसदमा उठेका विषयमा मुख्यमन्त्रीले जवाफ दिनुपर्छ। तर नारा लोकप्रिय दिने अनि छलफलबाट मुख्यमन्त्री तर्किने कुरा आश्चार्यजनक रहेको सांसद रामचन्द्र लिम्बूले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्