सभामुखलाई संविधानअनुसार काम गर्न सल्लाह दियौं : नेता भट्टराई
काठमाडौं। जसपाका नेता बाबुराम भट्टराईले सभामुखलाई संविधानअनुसार काम गर्न सल्लाह दिएको बताए। सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकपछि प्रतिक्रिया दिँदै नेता भट्टराईले भने, ‘संसदमाथि भइरहेको हस्तक्षेपलाई रोक्न सभामुखलाई साथ दिने दलहरुको सहमति भएको छ।’ यीबाहेक कोरोना रोकथाम, चुरे विनास रोकथाम र सर्वोच्च अदालतमा बहस भइरहेको संसद विघटनविरुद्धको मुद्दाको विषयमा छलफल भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्