गण्डकीमा विपक्षी दलको सरकार गठनका लागि बहुमतसहित दाबी पेश गर्ने तयारी पोखरा। गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले सरकार गठनका लागि आजै दाबी पेश गर्ने तयारी गरेको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा सम्मिलित गठबन्धनका सांसदहरुको हस्ताक्षरसहित प्रदेशप्रमुख सीताकुमारी पौडेलसमक्ष दाबी पेश गर्ने तयारी भएको हो। कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दिपक मनाङे गरी ३१ जना सांसदको हस्ताक्षर बुझाउने तयारी रहेको बतााइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्