गण्डकीमा विपक्षी गठबन्धनद्वारा भौतिक उपस्थितिमै दाबी पेश गर्दै पोखरा। गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले सरकार गठनका लागि दाबी पेश गर्न प्रदेशप्रमुख कार्यालय पुगेको नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडीले बताए। नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा सम्मिलित गठबन्धनका सांसदहरुको हस्ताक्षरसहित उनीहरु आफैं प्रदेशप्रमुखको कार्यालय पुगेका हुन्। दाबी पत्रमा काग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दिपक मनाङे गरी ३१ सांसदको हस्ताक्षर रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्