बहुमत सदस्यसहित गण्डकी मुख्यमन्त्रीमा पोखरेलको दाबी पोखरा। गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष उनले दाबी पेश गरेका हुन्। उनको समर्थनमा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्