प्रधानमन्त्री ओलीलाई मार्ने धम्की!
काठमाडौं। बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएका छन्। आजको प्रदेशसभा बैठकमा उनले भने, “प्रधानमन्त्री ओली आफ्नो सत्ता बचाउन लिप्त देखिन्छन्। उनी आफ्नो सत्ता बचाउन जुन कुरामा पनि सम्झौता गरिरहेका छन्। हामीले ओलीको हातमा यसरी देश छोड्ने हो भने देशै खाइदिन्छन्। त्यसैले यो देश बचाउन नाथुराराम गोड्से आवश्यक पर्याे, यदि कोही बन्दैनन् भने मै बन्दिन्छु।”
प्रतिक्रिया दिनुहोस्