जरिवाना तिरेर छुटे ‘डन’ गणेश लामा काठमाडौं। पोखरामा पक्राउ परेका कांग्रेसनिकट ‘डन’ गणेश लामा दुई हजार जरिवाना तिरेर छुटेका छन्। निषेधाज्ञा उल्लंघन गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले उनीहरूमाथि कार्वाही गरेको हो। प्रहरीले लामासहित तीनजनालाई बिहीबार पक्राउ गरेको थियो। आज जिल्ला प्रशासन कार्यालयमा निषेधाज्ञा तोडेको विषयमा ऐनबमोजिम जरिवाना तिराएर छाडिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्