प्रदेश सांसदले प्रधानमन्त्रीलाई मार्ने धम्की दिएपछि बाँस्कोटाले मागे काङ्ग्रेससँग आधिकारिक भनाई काठमाडौं। नेपाली काङ्ग्रेसका बागमती प्रदेश सांसद नरोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएपछि एमालेका नेता गोकुल बाँस्कोटाले काङ्ग्रेससँग आधिकारिक धारणा मागेका छन्।उनले आज ट्वीटरमा लेखेका छन्, “केपी ओली नमारे कांङ्ग्रेसले नजित्ने रहेछ, प्रधानमन्त्रीमाथि कुनै भयानक षड्यन्त्र हुँदै रहेछ।नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ? काँङग्रेसको आधिकारिक भनाई चाहिन्छ। एमालेहरु सचेत बन।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्