कांग्रेसको संसदीय दलको निर्देशनः अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्नु काठमाडौं। सांसद नरोत्तम वैद्यले प्रदेशसभामा दिएको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न कांग्रेसको बागमती प्रदेश संसदीय दलले निर्देशन दिएको छ।कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाँले नरोत्तम वैद्यको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाउँदै आत्मालोचना गर्न निर्देशन दिएका हुन्।आलोचना गर्दा संयमता, परिपक्वता र पार्टीको नीति विपरीत अभिव्यक्ति आएको उनले प्रष्ट पारेका छन्।वैद्यले प्रधानमन्त्रीलाई मार्न नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्