बैद्यको अभिव्यक्ति हामी कसैलाई पनि स्विकार्य छैन- गगन थापा
काठमाडौं। कांग्रेस नेता गगन थापाले बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यको अभिव्यक्ति कसैलाई पनि स्वीकार्य नहुने बताएका छन्। कांग्रेसभित्र हिंसालाई स्थान नहुने उनले स्पष्ट पारे। "नरोत्तम वैद्यको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन।मलाई विश्वास छ,दलको नेताको निर्देशनअनुसार आत्मालोचना गर्दै अभिव्यक्ति फिर्ता लिनुहुनेछ।अहिंसात्मक राजनीतिमा विश्वास गर्ने कांग्रेसमा संघर्षमा मात्र हैन,आलोचनामा पनि हिंसालाई कुनै स्थान हुँदैन," थापाले आज ट्विटरमा लेखेका छन्।
प्रतिक्रिया दिनुहोस्